सनशाईनद्धारा लैंङ्गिक हिंसा बिरुद्धको रैली तथा अन्तरक्रिया

No description available.
No description available.

शत्रुघन खरविन्द , कपिलवस्तु जागरणा ।।

कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिकामा लैंङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तरगत रयाली तथा अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ । मायादेवी गाउँपालिका वडा नम्बर ४ पिपराको आयोजन र सनशाईन समाजिक विकास संस्था र यूनाईड मिसन टु नेपालको संयुक्त साझेदारीमा संचालित शान्ति निर्माणको लागि स्थानिय क्षमता परियोजनाबाट “घरवाटै शुरु गरौँ , महिला हिंसा अन्त्य गरौँ” भन्ने नाराको साथ वडा नम्बर ४ पिपरा स्वास्थ्य चौकीमा सम्पन्न भएको हो । लैंङ्गिक हिंसा न्यूनीकरण गर्न आफैवाट शुरु गरे मात्रै न्यूनीकरण हुने सुअहारा कार्यक्रम मायादेवी गाउँपालिका वडा नम्बर ४ की सामाजिक पोषण वडा सहजकर्ता निलम चौहान बताएकी छन् । महिला शिक्षित भएमात्रै लैंङ्गिक हिंसा न्यूनिकरण गर्न सक्निे उहाँले जिकिर गर्नु भएको थियो । समाजमा रुपान्तरण गर्नको लागि महिला पुरुष दुबै एक रथको दुई पाङग्र हुन त्यसैले लैंङ्गिक हिंसा न्यूनीकरण गर्न परिवारबाट नै सुरुवात गर्न सनशाईन सामाजिक विकास संस्थाका एंव अनुगमन समितिका सदस्या सिमा खरविन्दले सबैलाई अग्रह गर्नु भएको थियो । सनै उमेर देखि नै हिंसाको सुरुवत हुन्छ र पछि गएर सामाजमा विभिन्न कुरुती , कु–संसस्कारको रुपमा जरा गडेरा बस्छन् त्यसैले लैंङ्गिक हिंसा न्यूनीकरण गर्नका लागि शिक्षा अपरहर्य रहेको सदस्या खरविन्दको भनाइ रहेको थियो । लैंङ्गिक हिंसा न्यूनीकरण गर्न शिक्षामा बिशेष जोड दिन उहाँले अग्रह गर्नुभयो । समाजमा लैंङ्गिक हिंसा सम्बन्धी धेरै विकृतिहरु बसेको छ यसलाई चिरान सबै मिलेर अगडी बढन पिपरा स्वास्थ्य चौकीका इन्चार्ज जोगिन्दर गुप्ताले बताउनु भएको थियो । समाजमा अहिले पनि लैंङ्गिक हिंसा हुनु दुखदा कुरा रहेको सनशाईन समाजिक विकास संस्थाद्धारा संचालित सामुदाय परिर्वतनका लागि युवा तथा बालबालिक कार्यक्रमका वडा नम्बर ८ वडा सयोजक सुग्रीम यादवले बताउनु भएको छ । हिंसा न्यूनीकरण गर्न समुदाय केन्द्रित सचेतन कार्यक्रम संचालन गर्न र किशोरीहरुको शिक्षामा बिशेष जोड दिन सबै उपस्थिताहरूलाई यादवले अग्रह गर्नु भयो । मुसलिम किशोरीहरुलाई मर्दस शिक्षा मात्रै हैइन अब सरकारी स्कुलको शिक्षा प्रदान गर्न उपस्थित मुस्लिम महिलासंग उहाँले अग्रह गरेका थिए । समाजमा कुनै पनि किसिमको हिंसा भाइरहेको छ भने सम्बन्धीता निकयमा जनकारी गराउन मायादेवी गाउँपालिका वडा नम्बर ४ का मेललिप केन्द्रका मेलमिलप सयोजक रामदेव पाडेयले सबैसंग अग्रह गर्नुभएको थियो । लैंङ्गिक हिंसा न्यूनीकरण गर्न सबै सचेत भए मात्रै समभाव हुने उहाँले बताउनु भयो । कार्यक्रम मायादेवी गाउँपालिका वडा नम्बर ४ का मेललिप केन्द्रका मेलमिलप सयोजक रामदेव पाडेयको अध्यक्षतामा भएको थियो । कार्यक्रममा युवा क्लब, बाल क्लब , महिला समुह,लगायत गरी २०० भन्दा धेरैको सहभागीता रहेको थियो । कार्यक्रमको संचलन सनशाईन समाजिक विकास संस्था र यूनाईड मिसन टु नेपाल को संयुक्त साझेदारीमा संचालित शान्ती निर्माणको लागि स्थानिय क्षमता परियोजनाका कार्यक्रम सयोजक भोरिक केवटले गर्नुभएको थियो । कार्यक्रम शुरु हुनु भन्दा पहिले विभिन्न प्लेकार्ड सहित रयलि निकलिएको थियो भने मुस्लिम महिला कार्यक्रम उलेखिय सहभागीत रहेको थियो ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group