
कपिलवतु जागरणा
राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रमको तेस्रो ब्याचको दीक्षान्त कार्यक्रममा कपिलवस्तुका संचारकर्मी साेना खटिक दीक्षित भएकी छन । अमेरिकास्थित युनिभर्सिटी अफ सान डिएगो क्रक स्कुल, क्रक इन्स्टिच्युट फर पिस एण्ड जस्टिस (IPJ), स्वीस सरकार विकास सहयोग (SDC) र काठमाडौंस्थित लीडरशिप एकेडेमीको संयुक्त आयोजना तथा दि एसिया फाउण्डेसनको सहयोगमा सञ्चालित एक वर्षे कार्यक्रमको सन् २०२०–०२१ को चौथो सत्र तथा दिक्षान्त कार्यक्रम काठमाडौंमा सम्पन्न भएको हो ।
काठमाडौंको मण्डिखाटारस्थित गेट कलेजमा आयोजित दिक्षान्त समारोहमा संघीय सांसद नवराज सिलवाल, नेपालका लागि इजरायली उपराजदूत ताल स्वार्जम्यान, सामाजिक अभियन्ता तुलसालता अमात्य, काठमाडौंस्थित स्वीस राजदूतावासका प्रतिनिधि श्रद्धा रायामाझी, प्रतिज्ञा बास्कोटा सिंखडालगायतले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र तथा ब्याच वितरण गर्नुभएको थियो । कार्यक्रममा सांसद सिलवालले असल नेता हुन दृढसंकल्प, मेहनत, इमानदारिता र पारदर्शिता जरुरी भएको बताउनुभयो । एनईएलप िजस्तो कार्यक्रमले असल नेतृत्व निर्माणमा सहयोग पुग्ने उहाँको विश्वास थियो ।सहभागीहरुको तर्फबाट प्रदेश नम्बर २ बाट सतिश कुमार सिंह र गण्डकी प्रदेशबाट करुणा गुरुङले आफ्नो अनुभव सुनाउँदै कार्यक्रमको माध्यमबाट विभिन्न क्षेत्रको कला संस्कृति, भेषभुषा, रहनसहन आदि सिक्ने अवसर मिलेको र सकारात्मक सोच, विवाद समाधानका सूत्र तथा नेतृत्व विकासका अन्य थुप्रै विषयहरु सिक्ने अवसर मिलेको बताउनुभयो ।
सन् २०१८ मा सुरु भएको यस कार्यक्रममा देशका सातवटै प्रदेशबाट यूवा नेताहरु सहभागी छन । विभिन्न राजनीतिक पार्टीका युवा नेता, स्थानिय तहका प्रमुख तथा अन्य जनप्रतिनिधिहरु, सामाजिक अभियन्ता, अधिकारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु यसमा छनोट हुनुभएको छ । देशको पूर्वदेखि पश्चिम तथा पहाड, हिमाल र तराई तीनै क्षेत्रबाट २५ देखि ४० वर्षसम्मका सहभागी छनोट गरिएको छ ।प्रशिक्षार्थीहरुलाई सहयोग तथा मार्गदर्शनका लागि अनुभवी नेता तथा विशेषज्ञ मार्गदर्शकहरुकोे एक टिम पहुँचमा हुनेछ । साथै युवा नेता–नेतृहरुको कामलाई अझै प्रभावकारी बनाउन सुरक्षा विशेषज्ञ पूर्व आईजीपी ध्रुवबहादुर प्रधान, कानुनी विशेषज्ञ वरिष्ठ अधिवक्ता अवधेशकुमार सिंह र सञ्चार विशेषज्ञ निरञ्जन अधिकारी रहनुभएको छ ।नेपालका युवा नेतृत्वलाई अझै प्रभावकारी बनाउन र उनीहरुमा विकसित भइरहेको नेतृत्व क्षमताको विकास, विस्तार र अभिवृद्धिका लागि यो कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।
यस प्रशिक्षणात्मक कार्यक्रमले युवा नेतृत्वको अग्रसरतामा गाउँ तथा समाज परिवर्तनका लागि भइरहेका प्रयासहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्न तथा समुदायमा यी कार्यक्रमको ठूलो प्रभाव सिर्जना गर्न मद्दत गर्दछ । यस कार्यक्रमले समुदाय तथा सरकारी निकायसँग अझै प्रभावकारी रुपमा काम गर्नका लागि युवा नेतृत्वलाई मिडियासँग संलग्नता, सामुदायिक समस्याहरुको वकालत, तथा सम्बोधनजस्ता विविध विषयमा तालिम प्रदान गर्छ । यस कार्यक्रममा देशको विभिन्न क्षेत्र, वर्ग, लिंग, विविध जातजाति तथा भिन्न राजनीतिक मूल्यमान्यता बोकेका प्रशिक्षार्थी सहभागी रहेका छन् ।राष्ट्रका केही मुद्दाहरू यस्ता हुन्छन्, जसको समाधान कुनै एक समूह/निकाय/दलको क्षमताभन्दा बाहिर हुन्छ । यस कार्यक्रमले पहाड–हिमाल–तराई, विविध जातजाति, भिन्न राजनीतिक मूल्यमान्यता बोकेका युवा नेता/नेतृको एक यस्तो ठोस संयन्त्रको निर्माण गर्दैछ, जसले ती समस्याको समाधान सामूहिक प्रयासबाट गर्नेछ । यस कार्यक्रमले ग्रामीण तथा स्थानीय स्तरमा काम गरिरहेका २५ देखि ४० वर्षको एक विशेष उमेर समूहका राजनीतिक तथा गैरराजनीतिक युवा नेता/नेतृहरूलाई राष्ट्रिय स्तरमा पहिचान दिलाउने कार्य गर्नेछ । विशेषज्ञ, स्थापित राजनीतिज्ञ/विज्ञको अनुभव, मार्गदर्शन था सहयोगले युवा नेताहरूलाई छोटो समयमा मूलधारमा पुग्नलाई उत्प्रेरकको काम गर्न सक्छ । यस कार्यक्रमले राजनीतिक तथा गैरराजनीतिक विशेषज्ञहरूको पहिचान गरी उहाँहरूसँग युवा नेताहरूको सम्पर्क स्थापित गराइदिनेछ । देशका जटिल तथा चुनौतीपूर्ण समस्या समाधानमा यस कार्यक्रमले तयार गरेका प्रशिक्षार्थी र मार्गदर्शकको विशेष समूहको अहम् भूमिका हुन जाने विश्वास कार्यक्रमले लिएको छ ।
२०६५ सालबाट रेडियाे कपिलवस्तुकाे कार्यक्रम संचालककाे रूपमा काम शुरू गरि हल युवा, दलित, महिलाकाे क्षेत्रमा कपिलवस्तु लगायत देशकाे अन्यभागमा काग गर्दै आएकी छन ।