
कपिलवस्तु जागरण ।।
पठनपाठमा प्रोत्साहीत गर्न कपिलवस्तुको तौलिहवा स्थित रत्नराज्य उमाबिमा अध्ययरत ५ सय १० बिद्यार्थीलाई झोला बितरण गरिएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर १ ले सो बिद्यालयमा बालबिकास देखि कक्षा १२ सम्म अध्ययरत सबै छात्र छात्राहरुलाई स्कुल ब्याग उपलब्ध गराएको हो ।
पुर्वमन्त्री तथा सांसद बृजेश कुमार गुप्ता, प्रदेश सदस्य धर्म बहादुरलाल श्रीवास्तव, नगरपालिकाका सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठ लगातयले बिद्यार्थीहरुलाई व्याग हस्तान्तरण गरेका थिए ।
सो अवसरमा सांसद गुप्ताले बिद्यार्थीहरुको होैसला तथा उत्साह बढाउन वडाले यो निकै राम्रो काम गरेको बताए । उनले सबै बिद्यार्थीहरुलाई झोल दिनु आफैमा एउटा नमुनायोग्य काम भएको भन्दै उनले बिद्यार्थीहरुलाई राम्रोसंग पढन आग्रह गरेका थिए । बितमगा यो बिद्यालयमा पटप पटक आएको बिवाद बारे ईगीत गर्दै अब शिक्षकहरुले आपसमा खिचातानी र बिवाद नगरी बिद्यालयको बिकास र राम्रो पढाई गर्न आग्रह गरे । बिद्यालयको विकासका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि ब्यक्त गरेका थिए ।
सो अवसरमा प्रदेश सांसद श्रीवास्तवले पुरानो बिद्यालय र जग्गा जमिन धेरै भए पनि अझै यो बिद्धालयमा संतोषजनक रुपमा विकास हुन नसकेको बताए । उनले बिद्धालयको भौतिक र शैक्षिक बिकासका लागि योजना बनाएर अघिबढनु पर्ने बताए ।
कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष तथा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुदीप पौडेलले आफु पनि यही बिद्यालयबाट २०५० सालमा एसएलसि पास गरेको स्मरण गर्दै बिद्यालयको विकासका लागि आफु सदैव लागी पर्ने बताए । साथै बिदालयको भौतिक र शैक्षिक विकासमा सबैले हातेमोलो गर्नु पर्ने बताए ।
झोला पाएर निकै खुशी भएकी कक्षा ७ मा अध्ययनरत निमल धोबीले आफु जस्तै बिद्यालयका सबै बिद्यार्थीलाई वडाले झोला दिएर निकै राम्रो काम गरेको बताईन ।
‘ सबैले झोला पाएका छौ , निकै खुशी लागेको छ ’ उनले भनिन । कार्यक्रममा बिदालय ब्यवस्थापन समितिका पुर्व अध्यक्ष प्रलाद कुर्मी, प्रअ दिवाकर चौधरी, वडा सदस्य बिष्णु बारी, लगायतको सहभागीता थियो ।