मधेशमा सितलहर शुरू, जनजीवन प्रभावित

brunel-johnson-368289-unsplash

कपिलवस्तु जागरण ।।

पश्चिमी वायुको प्रभाव सकिएसंगै मधेशका जिल्लामा चिसो बढेको छ । आइतबारबाट ह्वात्तै चिसो बढेको छ भने र मधेशका क्षेत्रहरुमा हुस्सु र शितलहर सुरु हुन थालेको छ । कपिलवस्तुमा आज बिहान देखि हुस्सु लागेको छ ।

मंसिर महिनाभर पारिलो घाम लागेको थियो भने हुस्सु तथा कुहिरो भने लागेको थिएन । आज भने बिहानै देखि बाक्लो हुस्सु लागेको हो । यता चिसो बढ्न थालेकाले सर्तक रहन चिकित्सकले आग्रह गरेका छन् ।

चिसोमा सबैभन्दा बढि बालबालिका तथा बृद्धबृद्धाप्रभावित हुने भएकाले सावधानी अपनाउन चिकित्सकको आग्रह छ ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group