बाल विबाह राेक्न मुस्लिम धर्म गुरूहरूकाे एक्यवद्धता

कपिलवस्तुलाई बालबिवाह मुक्त बनाउने अभियानमा साथ दिने मुस्लिम धर्मगुरुको प्रतिबद्धता

कपिलवस्तु जागरणा ।।
समाजलाइ बाल बिवाहमुक्त बनाउन आफुहरुले पहल गर्ने कपिलवस्तुका मुस्लिम धर्मगुरुहरुले प्रतिबद्धता जनाएका छन । युएनएफपिएको सहयोगममा आड्रा नामक संस्थाले तौलिहवामा बाल बिवाह अन्त्य कार्यक्रम अन्र्गत मुस्लिम धार्मिक गुरुहरुलाई बाल बिवाह अन्त्य संबन्धी कार्यक्रममा प्रतिबद्धता ब्यक्त गरेका हुन । सरकारले नेपाललाई सन २०३० भित्र बाल बिवाहमुक्त बनाउने अभियानमा आफुहरुको समेत साथ रहेको उनीहरुले बताए ।

आईसा गल्र्स कलेज कृष्णनगरका मौलाना महसुद नेपालीले कपिलवस्तु सहित देशलाईनै बाल बिवाहमुक्त बनाउन आफुहरुले हर तरहले सहयोग र साथ दिने बताए । उनले अभियानलाई सबै समुदायले साथ दिनु पर्ने बताए । सो अवसरमा सहजकर्ता तालिह हुसेनले बाल विबाह नियन्त्रण र न्युनीकरण गर्ने उपाय बारे जानकारी दिदै महिलाहरुलाई सशक्त बनाउनु पर्ने बताए । महिलाहरु साक्षर र सक्षम नबनाई बाल बिवाह अन्त्य गर्न गाह्रो हुनृ उनले बताए । ‘ महिलाहरुको सक्षरता स्थितिलाई माथी नउठाईकन बाल बिवाह अन्त्य हुन गाह्रो छ, त्यसैले सबैले महिलाहरुलाई शिक्षित बनाउन जरुरी छ ’ उनले भने ।

सो अवसरमा युनएफपिएका कपिलवस्तु संयोजक चित्र महतोले बाल बिवाहको अवस्था बारे चर्चा गर्दै बाल बिवाह अन्त्यका लागि सबैले साथ दिनु पर्ने बताए । उनले बाल बिवाह अन्त्यका लागि पालिकाहरुले रणनीतिक योजना बनाई अघि बढनु पर्ने बताए । सो अवसरमा बाल बिवाह अन्त्यका लागि के कस्तो कदम चाल्नु पर्छ त्यस बारे सामुहिक छलफल समेत गरिएको थियो । नेपाल सरकारले मुलकलाई सन २०३० भित्र बाल बिवाहमुक्त बनाउने लक्ष्य लिएको छ ।

सन २०१४ मा गरिएको अध्ययन अनुसार तराईको कपिलवस्त, रौतहर र सप्तरीमा तथा पहाडको बझाङ, दैलेख र बैतडीमा बढी बाल बिवाह हुने गरेका छ । अध्ययनले दलित, जनजाति र मुस्लिम समुदायमा बढी बाल बिवाह हुने गरको देखाएको छ । कार्यक्रममा आन्ड्राका कार्यक्रम संयोजक राजीव यादव र प्रशिक्षक चेतराज पंडीतले बाल बिवाहका बिषयमा प्रस्तुती गरेका थिए । कार्यक्रममा २ दर्जन मुस्लिम धर्मगुरुहरु सहभागी थिए ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group