फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाद्वारा बिमा दाबी रकम हस्तान्तरण ।।

No description available.

शत्रुघन खरविन्द , कपिलवस्तु जागरणा

कपिलवस्तु , फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडद्धारा बिम दाबी रकम आज हस्तान्तरण गरेको छ । सुनसरी जिल्लाको दुहबीमा केन्द्रिय कार्यालय रहेको यस संसथाको शाखा कार्यालय कपिलवस्तु जिल्लाको तौलिहवा शाखाबाट सदस्य मृत्यु दाबी बिमा रकम हस्तान्तरण गरेको हो । कपिलवस्तु नगरपालिका वर्ड नम्बर ३ अदालत टोलमा बस्ने केन्द्र नम्बर १७ समुह नं. ०३.३ सदस्य तारामती अग्रहरीले पहिलो पटक मिति २०७६ असार १ गते रु १ लाख आलु व्यपार गर्न लिएको र दोस्रो पटक मिति २०७६ चैत ४ गते १ लाख ५० हजार आलु व्यपार गर्न लिएको तर कोभिड १९ कोरोना भाइरासले गर्दा व्यापार व्यावसय बन्द भएकोले नियमित किस्ता तिर्न नसकेको सो मिति सम्म बाकी रहेको सम्पुर्ण कर्जा रकम भाका नघिसकेको र कर्जा बिमा समेत फेल भाइसकेकोले पुनः बाकी रहेको कर्जा रकमलाई तेस्रो पटक मिति २०७८ असोज १३ गते ६६ हजार नया कर्जा लगानी गरी सेवा सुल्क र कर्जा बिमा सुल्क लिइ नबिकरण गरेकोमा अब नियमित किस्ता रकम बुझाउने गरी नया कर्जा लगानी गरेकोमा सो कर्जाको पहिलो किस्ता मिति २०७८ असोज २५ गते व्याज ५ हजार ६७० रुपाय र सावाँ ३२५ गरी जम्म ५ हजार ९९५ रुपाय संस्थालाई तिरेको तौलिहवा शाखाका शाखा प्रमुख जितेन्द्र कुमार विश्वासले जनकारी दिनुभएका छ । सदस्य तारामती अग्रहरीको मिति २०७८ कार्तिक ४ गते मुटुमा समस्य भएपछि अस्पातल लैजादै गर्दा बाटोमा राती ८ बजे तिर ६७ बर्षको उमेरमा निधन भएपछि २०७८ असोज १३ गते कर्जा मिनाह ६६ हजार त्यसमा २० प्रतिशात जोडर १३ हजार २ सय गरी जम्म ७९ हजार २ सय र मिति २०७८ मंसिर १४ सम्म बाकी सावाँ ६० हजार ३३० रुपाय र १ हजार २४० जोडर ६१ हजार ५ सय ७० रुपाय कर्जा मिनाह गरेर नगद १७ हजार ६३० रुपैया कर्जा बिमा दाबी रकम भुक्तनी आज तारामती अग्रहरीको छोरो राजेश गुप्तालाई संस्थाका शाखा प्रमुख जितेन्द्र कुमार विश्वासले हस्तान्तरण गरेका छन् । शाखा प्रमुख जितेन्द्र कुमार विश्वास सो रकम तारामती अग्रहरीको घरमा पुगी हस्तान्तरण गर्नुको थियो । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड कपिलवस्तु जिल्ला को तोलिहावामा बि.स. २०७५ पुष २५ गते स्थापना भाइ जिल्लाको कपिलवस्तु , बुद्धभुमि, बाणगंगा , महाराजगंज नगरपालिका, मायादेवी गाउँपालिका ,यशोधरा गाउँपालिकाहरुमा समुह बनाई मासिक तथा दैनिक बचत सेवा, कर्जा धितो तथा विना धितोमा, बिमा सुबिधा , सम्पवुर्ण रेमिटेन्स सेवाहरु , सिपमुलक तालिम तथा गोष्ठी , भ्रमण लगायत सेवाहरु प्रवाह गर्दै आएको छ र यस किसिमको कार्यक्रमले यस क्षेत्रको महिला दिदिहरु तथा व्यवसायीहरुको आय स्तर निकैनै राम्रो भएको छ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड नेपाल राष्ट्र बैंकबाट “ घ” वर्गको इजाजतपत्र प्रप्ता संस्था हो ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group