कांग्रेस लुम्बिनीको सभापतिमा पुन र महामन्त्रीमा आचार्य विजयी

कपिलवस्तु जागरणा ।।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन मगर निर्वाचित भएका छन्।आज बिहान सकिएको मतगणनाअनुसार अमरसिंहले ८५२ मत ल्याएर सभापति निर्वाचित भएका हुन्। अमरसिंह रोल्पा कांग्रेसका निवर्तमान सभापति हुन्।

अमरसिंह वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट मानिन्छन्।सभापतिका अर्का प्रतिस्पर्धी भरतकुमार शाहले ७६७ मत ल्याएका छन्। प्रतिनिधि सभा सांसदसमेत रहेका शाह सभापति शेरबहादुर देउवानिकट मानिन्छन्। प्रदेश कार्यसमितिका अधिकांश पदाधिकारी तथा सदस्य पनि अमरसिंहकै प्यानलबाट निर्वाचित भएका छन्।

उपसभापतिमा भुवनप्रसाद श्रेष्ठले ८४७ र राजु खनालले ७९२ मत ल्याएर निर्वाचित भए। खनाल देउवा पक्षका हुन्। महामन्त्रीमा पौडेल विक्रम खनाल ८४४ र सुरेन्द्रराज आचार्य ८३९ मत ल्याएर विजयी भए । महामन्त्रीमा विजयी आचार्य कपिलवस्तुका पूर्वजिल्ला सभापति तथा पूर्वसिचाई राज्यमन्त्री समेत हुनुहुन्थ्यो ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group