कपिलवस्तुमा एक बर्षमा मानव अधिकार बिरुद्धका २ सय २१ घटनाहर दर्ता भएका छन । सन २०२१ देखि डिसेम्बर १९ सम्म जिल्लामा बिभिन्न खाले घटना भएका हुन। । ईन्सेकले नेपाल मानव अधिकार बर्ष पुस्तक २०२२ प्रकाशनका लागि तौलिहवामा सरोकारवालासंग गरेको समिक्षा कार्यक्रममा सो जानकारी गराइएको हो । ईन्सेक जिल्ला प्रतिनीधि पार्वती आचार्यले प्रस्तुत गरेको प्रतिबेदन अनुसार सन २०२१ मा गत बर्षको तुलनमा मानव अधिकार बिरुद्धका घटनामा बृद्धि भएका छन ।
सन २०२० मा कुल १ सय ६५ घटना दर्ता गरिएको थियो । सन २०२१ मा ६ जनको हत्या, बलत्कारका ३६ घटना, बलत्कार प्रयासका २३, बालयौन दुर्व्यहार २ वटा घटना दर्ता गरिएका छन । यस्तै मानव बेचबिखन ३, बहुबिवाह ४, अप्राकृति हस्तमैथुन, २, बाल बिवाह १ र घरेलु हिंसा २ सय ८ वटा छन । सन २०२१ मा ब्यक्तिगत रिसिबीका कारण हत्या सहित बलत्कार, यौन दुर्व्यहार, मानव बेचबिखन तथा घरेलु हिंसाका घटना गत बर्ष भन्दा बढी भएको ईन्सेक प्रतिनिधि आचार्यले बताएकी छन । बलत्कारका घटना मध्ये १० बर्ष देखि १८ बर्षसम्मका २१ जना किशोरीहरु पीडित भएका छन ।
१० बर्ष मुनिका ६ बालिका बलत्कारको शिकार भएका छन । ८३ बर्षिया बृद्धा समेत बलत्कारको चपेटामा परेकी छन । कोरोनाकालमा कैयो ब्यक्तिहरु सहजरुपमा स्वास्थ्य उपचार नपाएको आचार्यले बताईन । जिल्लामा अझै साढे ३ प्रतिशत बालबालिका बिद्यालयको पहुच बाहिर छन । जिल्लाका २० वडामा अझै माबि नहुदा कैयो बालबाकिलाहरु पढाईबाट बंचित छन । जिल्लाका कृष्णनगर र यशोधरा गाउपालिकामा हैजा फैलिदा ७ जनाको मृत्यु भएको र ढेड हजार बढी झाडा पखालाबाट पीडित बनेका थिए । कोरोनाका कारण जिल्लामा २ सय ४ जनाको मृत्यु भएको र ५ हजार ४३३ जना संक्रमित भएका थिए । सो अवसरमा प्रजिअ चक्रपाणी पाण्डेयले ईन्सेकले नदीजन्य पदार्थको दोहोन, बाटोघाटो निर्माणमा हुने ढिला सुस्ती, प्रदुषणका बिषयमा समेत हेरेर प्रतिबेदनमा समेटनु पर्ने बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नारायण प्रसाद खनालले मानव अधिकारका घटनामा सबै सचेत हुुन पर्ने बताए । उनले घटनाको न्युनीकरणका लागि सबैले हातेमालो गर्नु पर्ने बताए । पुष्पा रेग्मीको अध्यक्षता, महेन्द्र खनालको संचालनमा भएको कार्यक्रममा पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, संचारिका समुहकी प्रदेश अध्यक्ष पार्वती पाण्डेय, माहुरी होमका अध्यक्ष रबि ठाकुर, पशुपतिमणि त्रिपाठी, माया नेपाली, खेमराज पाण्डेय, अंकीता श्रीवास्तव, रामहरि लामिछाने लगायतले बिभिन्न सुझाव दिएका थिए ।