“एउटा मौन र अज्ञापलक नागरिक समाजले तानाशाही राज्यलाई जन्म दिन्छ भने ज्वलन्त र सक्रिय नागरिक समाजले लोकतान्त्रिक र संबेदनशील राज्य सुनिश्चत गर्छ” यो अध्येता नीरा चन्धोकको भनाई हाम्रो सन्र्दभमा अत्यन्त सान्र्दभिक छ । खासगरि हाम्रो जस्तो लोकतन्त्रको बुनियाद बलियो भई नसकेको देशमा निरन्तर नागरिक अन्दोलन आवश्यक छ । नेपालमा १९९४ भन्दा पहिला शासकहरुलाई खबरदारी गर्ने, नागरिकलाई सचेत बनाउने, र नागरिक अधिकारको अवाज उठाउने चलन थिएन । त्यतिखेर शासकबर्गले दिएक अधिकार मौन भएर प्रयोग गर्ने र अज्ञापालकको रुपमा सेवामा समर्पित रहने चलन थियो । अहिलेकाे अवस्थामा पनि एकआध नेतालाइ आफनाे मायाजालमा पारेर तानाशाहहरूले आफनाे गुमेकाे राजरियाषत स्थापित गर्न प्रयास गर्न स्वाभाविक नै हाे । उनकाे मनसुवालाइ आसफल बनाउन नागरीक समाजकाे भूमिका अपरिहार्य छ । र रहिरहनु पनि पर्दछ ।