परशुराम यादव
लैङ्गिक हिन्सा बिरुद्धको २५औं १६ दिने अभियान संसारभरि उत्सवको रुपमा मनाईदैछ । प्लेकार्ड, व्यानर, मैनबत्ती, नारा जुलुसको प्रयोगमा कुनै कसर बाकी राखिएको छैन् । सरकारी एवं गैरसरकारी निकायका प्रमुखहरुले शुभकामना सन्देश दिन कन्जुस्याई गरेका छैनन् । यसक्षेत्रका पण्डितहरु बोल्न पनि पछि परेका छैनन् । पच्चीस बर्षमा लगानी कति भयो थाह छैन तर हिंसाका रेकार्ड केलाउदा अपेक्षित प्रतिफल प्राप्त भएको देखिदैन । यसक्षेत्रमा काम गर्ने सरकारीभन्दा गैरसरकारी संस्था बढिमात्रामा छन् । त्यहिभएर स्वदेशीहरु समस्यालाई आत्मसात गर्न सकेका छैनन् । लैङ्गिक हिंसालाई समस्याभन्दा पनि संस्कारका रुपमा बुझेका छन । श्रीमतिको शरीरमाथिको कव्जालाई अधिकार बुझेका छन् । छोरीको अधिकार कुण्ठित गर्नुलाई आफनो सम्मान बुझेका छन् । आमाको निर्णय गर्ने क्षमतालाई आफनो अपना बुझेका छन । महिलाको हक अधिकार र सम्मानमा ठेस पुर्याउने समाजिक एवं धार्मिक बिकृतिलाई संस्कृति बmुझेका छन । अधिकारकारको क्षेत्रमा काम गर्ने सवै अभियन्तालाई बिदेशीको दलाल बुझेका छन् । धर्मको नाममा भईरहेको लैङ्गिक हिंसाको खिलाफमा अवाज उठाउदा नास्तिक, समाजिक कुरितीको बिरुद्धमा अवाज उठाउदा समाजद्रोहीको ट्याग लगाउनुको साथै डालरको खेतीवालाको अरोप अशिक्षितभदा पढेलेखेकै जमातले लगाउने गरेका छन् । भारतमा चलिरहेको हिन्दुत्वको अभियान र नेपालमा चलिरहेको राष्ट्रियताको अभियानबाट वास्तवमा नेपाल र भारतका अधिकारका अभियन्ताहरु त्रासमा छन् । खुल्ला रुपमा अधिकारका कुरा गर्ने हिम्मत कमैमा देखिन्छ ।