शत्रुघन खरविन्द , कपिलवस्तु , साउन १५ ,
नगर स्तरिय परियोजना सल्लाहकार समितिको बैठक आज सम्पन्न भएको छ । बुद्धभुमि नगरपालिका नगर स्तरिय परियोजना सल्लाकार समिति को बैठक बुद्धभुमि नगरपालिका को कार्यालय मा भएको हो । कपिलवस्तु इन्टीगे्रटेड डेभल्पमेन्ट र्साभिसेज (किड्स) को अयोजनमा भएको थियो । नगरपालिका भित्र किशोर किशोरी तथा युवा कार्यक्रम ( ब्थ्ए) र महिला स्वास्थ्य कार्यक्रम (ध्ज्इ) गरी दुई कार्यक्रम संचालित रहेको कुरा किशोर किशोरी तथा युवा कार्यक्रमका सयोजक हुमलाल अधिकारी ले जनकारी दिनुभएको छ ।
नगर भित्र संचालनमा रहेको किशोर किशोरी तथा युवा कार्यक्रम र महिला स्वास्थ्य कार्यक्रम को प्रगतिको प्रस्तुतीकरण कार्यक्रम सयोजक अधिकारीले गर्नुभएको थियो । बैठकमा नयाँ किलनिक दर्ता गर्नको लागि कार्यविधि बानउने र नगर भित्र का किशोर किशोरीहरु वा प्रजननदर का महिलाहरुलाई परिवार नियोजनको साधनहरु सहजरुपाम उपलब्ध गर्नका लागि निजि किलिनिकहरु लाई निशुल्क रुपम परिवार नियोजनको साधनहरु वितरण गर्ने लगाएत विषयमा छलफल भएको र सो विषयमा नगरपालिका सकरात्मक रहेको कुरा कार्यक्रम व्यवस्थापक कमला शुक्लाले जनकारी दिएकी छिन् ।

कार्यक्रम बुद्धभुमि नगरपािलका का नगर प्रमुख केश्व कुमार श्रेष्ठ को अध्यक्षतामा भएको थियो भने कार्यक्रममा बुद्धभुमि नगरपालिका का नगर उपप्रमुख मिरा थारु , बुद्धभुमि नगरपालिका का निमित प्रमुख प्रसासकीय अधिकृत खुविराम खनाल , शिक्षा अधिकृत कृष्ण प्रसाद भटराई , स्वास्थ्य अधिकृत गोकर्ण अर्याल , का.पा.स. खिमक्ला पाण्डे , कार्यक्रम व्यवस्थापक कमला शुक्ला लगाएतको कार्यक्रममा सहभागित रहेको थियो । कार्यक्रम को संचालन गोकर्ण अर्याल ले गर्नुभएको थियो ।