कपिलवस्तु संबाद समूहको नियमित बैठक जिल्लाको बिभिन्न बिषयबस्तुहरुमा केन्दिैत रही यही चैत्र १४ गते सम्पन्न भएको छ । संबाद समूहले बिगत करिब ३ बर्ष देखी कपिलबस्तुमा शान्ति समृद्धि र सुशासन अभिबृद्धिको कार्यमा सकृय रहेको छ । हाल जिल्लामा देखिएको जातिय , बर्गिय , लैगिंकता , सुशासन र अधिकारकरको बिषयमा केन्द्रित रही आफ्ना नियमित कार्यक्रमलाई अगाडी बढाउदै जाने संबाद समूह लुम्बिनी प्रदेशका सदस्य बाबुराम खनालले जानकारी गराउनु भएको छ ।
संबाद समूह कपिलवस्तुले करिब ३ बर्षको अवधीमा हिंसानका घटनाहरु हुन न दिन , भएको घटनामा थप क्षती हुन न दिन र घटना पछिको प्रभावमा करिब १२ वटा र कोभिडका बेला पनि १० वटा बिषयहरुमा सहजीकरण गरेको आर्का सदस्य रबि ठाकुरले बताउनु भएको छ ।

नियमित बैठकमा संबाद समूह सदस्य सोना सम्मानित ।
संबाद समुहका सक्रिय सदस्य एव संचारकर्मी सोना खटिकलाई समूहले बैठकमा सम्मानित गरेको छ । उहाँले दलित किशोरीहरुको क्षमता अभिबृद्धिको लागि प्रदेश नं. २ को एक कार्यक्रमको संयोजकमा छनौट हुनु भएको अवसरमा उहाँलाई समूहले बधाई सहित खादा लगाई सम्मान गरेको हो । बिगत १२ बर्ष देखी कपिलवस्तुमा संचार क्षेत्रमा सक्रिय रही अधिकारको क्षेत्रमा बढी कलम चलाउदै आएको र कोभिड महामारी बाट समूदाय लाई बचाउनमा अहम भूमिका खेलेका सोनाको कामको उच्च कदर गर्दे सम्मानित गरिएको कुरा संबाद समूह कपिलवस्तुका संयोजक तुलसीराम यादवले बताउनु भएको छ ।
