बिद्यार्थीहरुको सिकाईमा गुणस्तरिय शिक्षा अभिबृद्धिको लागि कपिलवस्तुमा एक संस्थाले अग्रसरता देखाएको छ । कम्प्यूटर ल्याब स्थापना गरि मायादेबी गाउँ पालिका र यशोधरा गाउँ पालिकाका बिद्यार्थीहरुलाई लच्छित गरी पहिले चरणमा ४ वटा बिद्यालय बाट शुरु गरिएको छ ।
जिल्लाको सनसाइन सामाजिक बिकास संस्थाले यूनाईटेड मिसन टु नेपाल र एडु टेक को सहकार्यमा उक्त कार्यक्रमको शुरुवात गरिएको छ । यशोधरा गाउँ पालिकाको वार्ड नं.१ तिर्तिखामा रहेको नेपाल राष्टिय माध्यमिक बिद्यालय ,मायादेबी गाउँपालिकाको छत्र पाली तिर्थादेबी माध्यमिक बिद्यालय पकडी , श्री मुनेश्वर माध्यमिक बिद्यालय बहरवासी र स्वतन्त्र माध्यमिक बिद्यालय रतनपुरमा २० –२० थान कम्प्यूटर हस्तान्तरण गरेको छ ।
४ वटै बिद्यालयमा हस्तान्तरण गरिएको कम्प्यूटर करिब २८ लाख २४ हजार बराबर रहेको सहयोगी संस्था सनशाईन सामाजिक बिकास संस्थाका कार्यकारी निर्देशक कृष्ण कुमार श्रेष्ठ ले बताउनु भयो । कम्प्यूटर हस्तान्तरण कार्यक्रममा मायादेबी गाउँपालिकाका अध्यक्ष बजरंगी प्रसाद चौधरी र यशोधरा गाउँपालिका अध्यक्ष गिरजेश पाण्डेयले यसको ब्यवस्थापन र निरन्तरतामा आफुहरुले सहयोग गर्ने बताउनु भएको छ ।