दिपावली नेपाली हिन्दू समुदायको दोस्रो ठूलो पर्व हो । यसलाइ उज्यालोको पर्व पनि मानिन्छ । घरको सरसफाइ, रंगरोगन गरि ३ दिनसम्म घरघरमा दिपावली गरि मिठो मसिनो खाएर यो पर्व मनाइन्छ । काग, कुकुर, काैवा र गोवर्धन पहाडको पूजा गरिने भएकोले यसलाइ प्राकृतिक पूजा पनि भनिन्छ । मधेशमा यसलाइ लक्ष्मी पूजा र भइया दूजको रूपमा पनि मनाइन्छ । दिदी बहिनीहरुले दाजूभाइलाइ टीका लगाउने र दाजूभाइहरुले आफ्नो हैसियत अनुसार रुपैया, पैसा र कपाड दिने चलन रहेको छ । धनसम्पत्ती हुनेहरुले आफनो टोल छिमेकमा मिठाइ समेत बाँडने गरेका छन् ।
जाँड,रक्सी र जूवातास खेल्नुको साथै पडाका पडकाउने चलनको पनि रहेको छ जसलाइ बिकृतिको रुपमा लिन सकिन्छ । यस पर्वलाइ प्रकृतिक एवं संस्कृतिक पर्वको रुपमा मनाउन र समाजमा बढदै गएको अन्धरकार, अशिक्षा, फोहरलाइ हटाउन साथै समाजिक साैहार्द बढाउन हरेकले अआफ्नो तर्फबाट प्रयास गर्न जरुरी छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनाको कदर गर्दै शुभ दिपावली मनाउन हुन सम्पूर्ण पाठक, शुभचिन्तक एंव देशबासीहरुमा अनुरोध छ ।